सल्यान : सुत्केरीआमालाई पोषण भत्ता, बालबालिकालाई पोशाक र झोला

148
Shares


सल्यान, ३० असार । कपुरकोट गाउँपालिकामा सुत्केरीलाई पोषण भत्ता र बालबालिकालाई पोसाक तथा झोला वितरण गरिएको छ । आज कपुरकोट गाउँपालिका–५ रिमले वडाभित्रका ९० जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरिएको हो ।

सुत्केरी आमालाई पोषणको मात्रा पु¥याउनका लागि वडा कार्यालयले सुनौला हजार दिनभित्रका आमालाई जनही एक हजार ३०० का दरले पोषणभत्ता वितरण गरेको हो । पोषक तत्व कमी भएका सुत्केरी महिलालाई पोषण तत्व पूरा गर्नका लागि वडा कार्यालयले भत्ता वितरण गरेको वडाध्यक्ष यम कुमार बस्नेतले जानकारी दिए ।

“पोषिलो खानेकुराको अभावमा समस्या झेलिरहेका सुत्केरी महिला तथा शिशुको पोषणमा सुधार ल्याउनका लागि भत्ता वितरण गरेका हौँ”, वडाध्यक्ष बस्नेतले भने । भत्ता बुझेपछि सुत्केरी महिला खुशी भएका छन् ।

आफूलाई दिएको भत्ताले स्थानीय जातका कुखुरा पालेर अण्डा तथा मासु प्रयोग गर्ने कपुरकोट–५ रिमकी सुत्केरी महिला पूर्णिमा रानाले बताइन् । आफूहरुलाई दिएको भत्ताले पोषिला खानेकुरा उत्पादन गर्ने रिम मिलन बजारकी आस्था विकले बताइन् । “वडा कार्यालयमा बोलाएर पोषकतत्वका बारेमा जानकारी दिनुभयो । अब यही पैसाले केही न केही गरेर पोषिलो खानेकुरा उत्पादन गर्छु”, आस्थाले भनिन् ।

वडा कार्यालयले आफ्नो वडाभित्रका पाँच वटा सामुदायिक विद्यालयका एक सय विपन्न बालबालिकालाई पोसाक र शैक्षिक सामग्री पनि वितरण गरेको छ । बालबालिकालाई विद्यालय पोसाक, झोला तथा कापीकलम गरी ५० हजार बराबरको सहयोग गरेको वडाध्यक्ष बस्नेतले बताए । आर्थिक अभावका कारण विद्यालयमा आएर पनि कापी, कलम तथा विद्यालय पोसाकको जोहो गर्न नसक्ने बालबालिकालाई सहयोग गरिएको उनको भनाइ छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *