अछाममा विषालु च्याउ खाँदा एकको मृत्यु, दुईको अवस्था गम्भीर


अछाम, ३० असार । अछाममा जङ्गली च्याउ र निहुुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ  ।जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो ।

आइतबार बेलुका जङ्गली च्याउ र निहुुरोको तरकारी पकाएर खाँदा मनिषाको मृत्यु भएको छ भने उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्यसमेत रहेका उनका आफन्त शेरबहादुर बोहराले जानकारी दिए ।

जङ्गली च्याउ र निहुरो खाएर अवस्था गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *