चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा ६ जनाको दरखास्त

2.5k
Shares

काठमाडौँ, २३ असार । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि छ जनाको दरखास्त परेको छ ।

दरखास्त दिनेहरुमा डा श्रीकृष्ण गिरी, डा रमेशप्रसाद सिंह, डा निलमणि उपाध्याय, डा प्रमोद शर्मा, डा निलाम्बर झा र डा पारस पोखरेल छन् ।

खुल्ला प्रतिस्पर्धाबाट उपाध्यक्ष छनौट गर्न लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको संयोजकत्वमा सर्च कमिटि गठन भएको थियो । सो कमिटिले १५ दिनको समय सिमा राखेर दरखास्त मागेको थियो । सो दरखास्त दिने अन्तिम समय आज अपरारान्ह पाँच बजे सकिएको छ ।

चिकित्सा शिक्षा ऐन २०७५ मा उल्लेख भए अनुसार आयोग गठन गरिएको हो । चिकित्सा शिक्षाका लागि निकै शक्तिशाली मानिए पनि पछिल्लो समय भने यसको औचित्य माथि नै प्रश्न उठाउन थालिएको छ । कतिपय विज्ञहरुले आयोग नै खारेजी गर्नुपर्ने अभिव्यक्ति दिन थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *