झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल बनाउने

144
Shares


भद्रपुर, १६ असार । झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६/०७७ मा अस्पताल बनाउन रु। ५० लाख विनियोजन गरेको जानकारी दिए । चालू आवमा आवमा यही शीर्षकमा रु।३० लाख बजेट छुट्याइएको थियो ।

इलामको पहाडी र झापाको समथर भू–भागलाई जोड्ने सुन्दर र सानो गाउँपालिका बुद्धशान्तिमा हाल ठूला अस्पताल बनेका छैनन् । सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित पोलिक्लिनिक मात्र सञ्चालनमा छन् । गाउँपालिकाले वडा नं। १ मा २५ शय्याको सुविधासम्पन्न अस्पताल बनाउन दातासँग मिलेर एक विघा जग्गाको व्यवस्था मिलाइसकेको र आगामी वर्षमै निर्माण कार्य सुरु गरिने अध्यक्ष भुजेलले बताए ।

छिमेकी मेचीनगर नगरपालिका र इलामको रोङ गाउँपालिकाबाट समेत सेवाग्राहीहरु आउने भएकाले बुद्धशान्तिमा कम्तीमा एउटा सुविधासम्पन्न अस्पताल अति आवश्यक भइरहेको बुधबारे उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्र चापागाइँ बताउछन् । उनले ५० शय्याको अस्पताल बनाउन सके बिरामीको चाप धान्ने सुझाव दिएका छन् ।

हाल बुद्धशान्तिको वडा नं। ३ र ५ मा स्वास्थ्य चौकी र अन्य वडाहरुमा स्वास्थ्य एकाइहरु छन् । गाउँपालिकाले बजेटबाटै मधुमेह र रक्तचापका बिरामीका लागि औषधि र गर्भवतीका लागि क्याल्सियम चक्की निःशुल्क वितरण गर्दै आएको जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *