सुरक्षाको माग गर्दै महोत्तरी जिल्ला अस्पतालका चिकित्सक हडतालमा

716
Shares


गौशाला, १० असार । जलेश्वरस्थित महोत्तरी जिल्ला अस्पतालका चिकित्सक सुरक्षाको माग गर्दै हडतालमा उत्रेका छन् । आइतबार बिहान ४ बजे जलेश्वर–३ का प्रमोद यादवकी छोरी ४ वर्षीया शिवानी यादवको चिकित्सककै लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउँदै परिवारजन र स्थानीय युवाले बन्द गराएका उक्त अस्पताल पीडित, प्रशासन र चिकित्सकहरूबीच सहमतिपश्चात् सोमबार सञ्चालनमा ल्याइए पनि आज पुनः अस्पताल बन्द गराउँदै चिकित्सक हडतालमा उत्रेका हुन् ।

अस्पतालका प्रमुख डा राजीव झाले चिकित्सकहरू असुरक्षित भएको भन्दै जिल्ला प्रशासनले सुरक्षाको व्यवस्था नमिलाउञ्जेल आकस्मिकबाहेक सबै सेवा ठप्प राख्ने निर्णयसहित आन्दोलनमा उत्रेका बताए ।

उक्त अस्पतालका प्रमुख झासहित छ चिकित्सकले चलाउँदै आएका ओपिडी सेवा, ल्याब, एक्स–रे, औषधि वितरणलगायत सबै सेवा बन्द भएकाले सेवाग्राहीहरु मारमा परेका छन् । आन्दोलनरत् चिकित्सकहरु थप सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेकामा प्रशासनले थप सुरक्षाको प्रत्याभूति दिलाए पनि थप सुरक्षाको व्यवस्था नभएसम्म चिकित्सकहरू काममा नफर्किने र आकस्मिकबाहेक सबै सेवा बन्द रहने उहाँको भनाइ थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *