नेशनल बाथरोग सेन्टरद्धारा बबरमहलमा नि:शुल्क स्वास्थ्य शिविर
काठमाडौँ, ८ असार । दुर्गा विनायक मन्दिर टोल विकास समन्वय समिति र नेपाल मानवतावादी समाज गृहणाी सरोकार समूहको संयुक्त आयोजनामा शनिबार द्धारिकादास निवास परिसर बबरमहलमा निशुल्क बाथरोग परीक्षण शिविर सञ्चालन भएको छ ।
रातोपुलस्थित नेशनल बाथरोग सेन्टरको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा १०४ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
सेन्टरका अध्यक्ष समेत रहेका बरिष्ठ बाथरोग विशेषज्ञ डा विनित वैद्यको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली उपचारसंगै बाथरोगबारे अन्तरक्रिया समेत गरेको थियो । उनीहरुले बाथरोगका लक्षण, उपचारात्मक सेवाका बारेमा जानकारी दिएका थिए ।
सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले सामाजिक उत्तरदायित्व अन्तरगर्त निशुल्क स्वास्थ्य शिविर राखिएको बताए ।
शिविरमा आवश्यकता पर्नेहरुलाई निशुल्क औषधिको समेत व्यवस्था गरिएको थियो ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com