समता अस्पतालमा झुण्डिएको अवस्थामा कर्मचारी फेला, आफन्तले घेरे अस्पताल

1.1k
Shares

काठमाडौँ, ३ असार ।  बौद्धस्थित समता अस्पतालमा त्यहि कार्यरत एक जना महिला मृत शरीर झुण्डिएको अवस्थामा फेला परेको छ । क्लिनरको रुपमा कार्यरत रामेछाप दोरम्बा स्थायी घर भएकी २७ बर्षीया विमला तामाङको मृत शरीर मंगलबार विहानै अस्पतालमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी बृत्त बौद्धका डीएसपी नरेन्द्र चन्दले बताए ।

तामाङको आफन्तले भने षड्यन्त्र भएको भन्दै अस्पतालमा घेरा हालेका छन् । उनीहरुले सामान्य तोडफोडको प्रयास समेत गरेका थिए । तर समयमै प्रहरीका आएका कारण ठूलो क्षति भने हुन पाएन । अहिले अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन भएको छ ।

अस्पतालका सञ्चालक उत्तम सञ्जेलले भने आफू अस्पताल पुगिनसकेको भन्दै विस्तृत जानकारी नभएको बताए । ‘म अहिले भक्तपुरमा छु । अस्पतालमा कार्यरत एक जना कर्मचारीको शव झुण्डिएको अवस्थामा फेला परेको छ रे, उनका आफन्तले सामान्य तोडफोडको प्रयास पनि गरे रे । अहिले पनि नाराबाजी चलेको छ भन्ने सुनेको छु । थप कुरा त अस्पताल पुगेपछि मात्रै थाह होला,’ उनले भने ।

घटनाको बारेमा अहिले भने अस्पताल प्रशासन र मृतक तामाङका आफन्तबीच छलफल भइरहेको डिएसपी चन्दले बताए ।

समता एक सय रुपैयाँमा उपचार सुविधा दिने भनेर दुई बर्ष अघि खोलिएको अस्पताल हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *