पर्सा प्रहरीद्धारा ३० केजी अवैध सुर्ती बरामद
वीरगञ्ज ३२ जेठ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले अन्दाजी ३० केजी अवैध सुर्ती बरामद गरेको छ । शुक्रबार अपरान्ह गस्ती गर्ने क्रममा वीरगञ्ज महानगरपालिका- १५ अलौ भन्ने स्थानबाट सो परिमाणमा अवैध सुर्ती बरामद गरेको हो ।
बरामद भएको सुर्तीबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
केही समय अघि हेटौँडामा प्रहरीले ठूलो मात्रामा मापदण्ड विपरितका सुर्तीजन्य पदार्थ बरामद गरेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



