कान्तिपुर डेन्टल सेन्टरको सहयोगमा सतुंगलमा नि:शुल्क दन्त शिविर
काठमाडौँ, ११ बैशाख । कान्तिपुर डेन्टल सेन्टरको प्राविधिक सहयोग तथा धवलागिरि आवास क्षेत्र समाजको आयोजनामा शनिबार सतुंगलमा निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
सतुंगलस्थित सेन्टर परिसरमा भएको उक्त शिविरमा १०२ जनाले मुख तथा दन्त स्वास्थ्य परीक्षण गराएका थिए ।
परीक्षणका क्रममा अधिकांशमा दाँत किराले खाने, गिजा सुन्निने समस्या, बांगोटिंगो तथा कसैलाई मुख भित्र घाउ हुने जस्तो समस्या देखिएको शिविरको नेतृत्व गरेकी डा प्रेरणा श्रेष्ठले बताइन ।
शिविरमा डा. श्रेष्ठका अलावा डा. बुद्धिमान श्रेष्ठ सहित ७ जनाको टोली खटिएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



