स्वास्थ्यकर्मीको समायोजनमा परेको गुनासालाई आठ वटा समूहमा बाँढेर सम्वोधनको प्रयास

काठमाडौँ,६ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीहरुको समायोजनमा परेको गुनासालाई आठ वटा समूहमा बाँढेर सम्वोधन गर्ने प्रयास गरेको छ । उसले त्यसरी सम्वोधन गर्दा सबैका गुनासा व्यवस्थापन हुने निस्कर्ष निकालेको छ ।

सामान्यले तह मिलान हुनुपर्ने, आपसी सहमती, कार्यरत कार्यालय, श्रीमान श्रीमती, स्थायी ठेगाना, मेडिकल बोर्ड ( अपांग (क) र (ख), फाजिल र सम्वोधन गर्न नसकिने भन्ने समूमा गुनासो व्यवस्थापन गर्दैछ ।

समायोजनको गुनासाको बारेमा स्वास्थ्यबाट तोकिएका फोकल पसर्न उपसचिव बाबुराम खनालले आएका गुनासाहरुलाई समूह बनाएर सम्वोधनको प्रयास भएको बताए । उनले तह मिलान हुनुपर्ने नभएको, दुई जनाबीच आपसी सहमति भइसकेको, कार्यरत कार्यालय, श्रीमान श्रीमतीलाई एकै ठाँउमा परे नपरेको, अपांग तथा फाजिलमा परेको कर्मचारीहरुको व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए ।

‘सामान्यका कर्मचारीले अहिले १२ वटा समूह बनाएर काम गरिरहेका छन्, एउटा समूहमा ४ जना र प्रत्येकले कम्प्युटर लिएर काममा खटिएका छन् । तर काम सकिइसकेको अवस्था छैन,’ उनले भने ।

स्रोतका अनुसार अहिलेसम्म स्टाफ नर्सहरुको गुनासो हेर्ने काम सकिएको छ । अनमीको ५० प्रतिशत काम सकिएको छ । हे अको अहिलेसम्म काम शुरु भएको छैन ।

पुल दरबन्दीको प्रस्ताव स्वास्थ्यले नपठाउँदा डाक्टरको समायोजन रोकियो
यता गुनासोको व्यवस्थापन गर्ने कार्यमा खटिएको सामान्य प्रशासन मन्त्रालयले सातौँ देखि १० औँ तहसम्मको चिकित्सकको समायोजनको कार्य भने अघि बढाएको छैन ।

गत महिना भएको आन्दोलन पछि पुल दरबन्दी राख्ने भन्ने सम्झौँता भएको तर सो सम्वन्धी प्रस्ताव स्वास्थ्य मन्त्रालयबाटै अघि नबढेपछि समायोजन प्रक्रिया अघि नबढेको हो । सामान्यले स्वास्थ्यबाट प्रस्ताव नआउँदासम्म चिकित्सकको बारेमा केही गर्न नसकिने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वास्थ्यकर्मीको समायोजनमा परेको गुनासालाई आठ वटा समूहमा बाँढेर सम्वोधनको प्रयास

  1. समायोजन सकिएको होइन त?सरकारले त सकिएको घोषणा गरेको पनि 2 महिना भैसक्यो त?कर्मचारीलाई मानसिक तनाव दिने काम नगर सरकार।सक्छस छिटो समायोजन गर नसके cancel गराई दे ढुक्क बस्छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *