खोप अभियान : डब्लुएचओको एक साता, नेपाल सरकारको एक महिना

काठमाडौँ, १० बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हरेक बर्ष अप्रिल महिनाको अन्तिम साता अर्थात २४ देखि ३० अप्रिललाई विश्व खोप सप्ताहको रुपमा मनाउने गरेको छ । तर, नेपालले भने सो कार्यक्रम महिना भर सञ्चालन गर्दै आएको छ ।

नेपाल सरकारले सन् २०१२ देखि नै हरेक बर्षको बैशाख महिनालाई खोप महिनाको रुपमा मनाउन थालेको हो ।

खोपका कार्यक्रम सञ्चालन गर्ने सरकारी निकाय स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक शर्मा गौतम भन्छन्, ‘खोप लगाउने उमेर समूहका बालबालिका सहज रुपमा खोपको पहुँचमा पुगुन, खोप लगाउनबाट कोही पनि बन्चित नहुन भनेरै अभियानको रुपमा यो कार्यक्रम सञ्चालन गरिएको हो ।’

उनले विश्व स्वाथ्य संगठनले एक साता सम्म खोप सप्ताहका रुपमा मनाउने गरेपनि नेपाल सरकारले महिना भर नै यो कार्यक्रम मनाउन थालेको बताए ।

खोप शाखाले यो अभियानका लागि अघिल्ला बर्षहरुमा जिल्ला जनस्वास्थ्य कार्यलय मार्फत कार्यक्रम अघि बढाउने गरेको थियो । यसपटक भने सबै कार्यक्रम पालिकामा पठाएको डा. गौतमले बताए ।

उनले यो अभियानमा विशेषगरी खोप नपाएका बालबालिकाहरुको खोजी गर्ने, खोप लगाइदिने, खोपको महत्वबारे जानकारी दिने लगायतका कार्यक्रम भएको जानकारी दिए ।

नेपालमा खोप उमेर समूह (एक बर्ष मुनि) का बालबालिकाको संख्या ६ लाख २३ हजार छ । खोपको कभरेज दर भने सबैभन्दा बढी बीसीजी ९२ प्रतिशत र कम एमआर२ ६६ प्रतिशत छ । एमआर२लाई ९५ पुरयाउन अहिलेको मुख्य चुनौती रहेको डा. गौतमले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *