पार्टी प्रतिनिधिको स्वास्थ्य जाँचमा खटिए नेता डा. शेखर कोइराला

180
Shares

काठमाडौँ, ३ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पार्टीको जारी महासमिति बैठकमा सहभागी प्रतिनिधिको स्वास्थ्य जाँचमा खटिएका छन् ।

कोइराला सोमबार महासमिति बैठकमा सहभागी महासमिति सदस्य, कार्यकर्ता तथा सुभेच्छुकको स्वास्थ्य जाँचमा खटिएका हुन् ।

बन्दसत्र रोकिएको समयमा महासमितिस्थलमा राखिएको स्वास्थ्यसँग सम्बन्धित स्टलमा बसेर बिरामीको सामान्य चेकजाँच गरेको कोइरालाका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।

महासमिति बैठकस्थलमा नेपाल प्रजातान्त्रिक चिकित्सक संघ केन्द्रीय समिति, नेपाल नर्सिङ युनियन र नेपाल स्वास्थ्यकर्मी संघको टोलीले निःशुल्क प्राथमिक उपचार गरिरहेको छ ।

सोमबार साँझसम्म २ हजार ५ सय जनाले स्वास्थ्य जाँच गराएको नेपाल प्रजातान्त्रिक चिकित्सक संघले जनाएको छ ।

केही रोगको निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । महासमिति बैठकको अवधिभर स्वास्थ्य जाँच निरन्तर जारी रहने उपचारमा खटिएकी बिन्दा शर्माले जानकारी दिइन् ।

  • राजधानी दैनिकमा समाचार छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *