रोल्पामा ६७ जना एचआइभी संक्रमित

80
Shares

hiv
रोल्पा, ९ कात्तिक । रोल्पामा एचआइभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ । यस क्षेत्रमा कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमितमध्ये पुरुष र महिलाको सङ्ख्या बराबर छ ।

जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको बताइएको छ । जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन् । संक्रमित बुबाआमाका कारण जिल्लामा तीन बालबालिकासमेत एचआइभीको संक्रमणको शिकार भएका छन् ।

संक्रमितमध्ये ३२ ले नियमित औषधि सेवन गरिरहेका छन् । रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएकाहरू नै बढी मात्रामा एचआइभी संक्रमित देखिएको संस्थाका अध्यक्ष राधा नेपालीले बताइन् ।

संक्रमितलाई नियमित परामर्श दिने तथा नयाँ बिरामीसमेत पहिचान गर्ने काममा आफूहरु लागिरहेको अध्यक्ष नेपालीले बताइन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *