विपत व्यवस्थापन सम्वन्धी राष्ट्रिय गोष्ठी राजधानीमा शुरु

काठमाडौँ, ८ कात्तिक । स्वास्थ्य आपतकालिन तथा विपत व्यस्थापन सम्वन्धी दुई दिने राष्ट्रिय गोष्ठी राजधानीमा शुरु भएको छ । नेशनल कन्फ्रेन्स अन पोष्ट हस्पिटल कियर इन नेपाल नाम दिइएको सो गोष्ठी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन र ह्युमानीटी एण्ड इन्क्लुजन नामक संस्थाको संयुक्त आयोजनामा भएको हो ।

गोष्ठीमा स्वास्थ्य क्षेत्रमा क्रियाशिल सरकारी, गैरसरकारी, निजी तथा अन्य संस्थाका करीब २ सय प्रतिनिधिहरुको सहभागिता छ ।
विहीबार गोष्ठीको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र चौधरीले भूकम्प तथा ठूला बाढी पहिरो जस्ता विपतका बेला गर्नुपर्ने कार्यका बारेमा मुख्य सरोकारवाला संस्था तथा व्यक्तिहरुबीच भएको छलफल फलदायी हुने बताए । उनले विगतका विपत सम्वन्धी कार्यका समिक्षा गर्दै भविस्यमा हुनसक्ने विपत व्यवस्थापनलाई चुस्त राख्न सल्लाह दिए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी, विश्व स्वास्थ्य संगठन, ह्युमानीटी एण्ड इन्क्लुजनका प्रतिनिधिहरुले गोष्टीमा आफ्ना विचार राखेका थिए ।

स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई प्रमुख चुडामणी भण्डारीले यस खालको गोष्ठी नेपालमै पहिलो पटक भएको र यसले भविस्यमा हुनसक्ने विपत व्यवस्थापनमा मार्ग निर्देश गर्ने बताए । उनले विपतका बेला आइपर्ने कठिनाई र गर्नुपर्ने कार्यका बारेमा सम्वन्धित सरोकारवाला पक्षसंग छलफल हुने बताए ।

कार्यक्रममा विभिन्न अस्तपालका विपद व्यवस्थापन युनिट सम्हालेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ आफ्ना प्रस्तुति दिएका थिए । गोष्ठी भोलिसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *