एक लाख क्षतिपूर्ति सहित डाक्टरले गल्ती स्विकार्ने सहमति पछि आन्दोलन स्थगित

1.6k
Shares

सल्यान, ७ कात्तिक । सल्यान अस्पतालका डाक्टरको लापरवाहीका कारण विरामी बालकको मृत्यु भएको भन्दै मंगलबार दिनभर गरिएको आन्दोलन स्थगित भएको छ ।

सल्यान अस्पतालले मृतक बालकका परिवारलाई क्षतिपूर्ति दिने र गल्ती स्वीकार गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।

बागचौर नगरपालिका–७ कोटवारा निवासी भीमसेन वलीका ९ वर्षीय छोराको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै अस्पतालले क्षतिपूर्ति दिनुपर्ने मागसहित मंगलबार दिनभर सल्यान अस्पतालमा मृतकका आफन्तले आन्दोलन गरेका थिए ।

पीडित पक्ष र अस्पताल समितिबीच सम्बन्धित डाक्टरले गल्ती स्वीकार र रु एक लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि आन्दोलन स्थगित गरिएको हो ।

जिल्लाका विभिन्न सरोकारवाला, राजनीतिक दल र पीडित पक्षबीच बसेको बैठकले पछि अस्पतालले पीडित पक्षलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ । आगामी दिनमा अस्पतालले दिने सेवाहरु सुधार्दै प्रभावकारीरुपमा सञ्चालन गर्न अस्पताल प्रशासनलाई सचेतसमेत गराइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *