दसैंमा लगातार दुई दिन भन्दा बढी ओपिडी बन्द नगर्न देशभरका अस्पताललाई निर्देशन
काठमाडौं, २९ असाेज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दसैंको विदामा दुई दिनभन्दा बढी बहिरंग सेवा (ओपिडी) बन्द नगर्ने निर्णय गरेको छ। मन्त्रालयले दसैं तथा तिहारमा बढीमा लगातार दुई दिन भन्दा बढी बहिरंग सेवा बन्द गर्न नहुने निर्णय गरेको हो।
मन्त्रालयले गत असोज २४ गते सचिवस्तरको निर्णय कार्यान्वयनमा ल्याउन देशभरका सबै सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पत्र पठाइसकेको छ। मन्त्रालयले ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई समेत बोधार्थ पठाएको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



