बीमा बोर्डको निर्देशक बन्न दरखास्त हाल्ने सात जनाको नाम सार्वजनिक, दुई जना भए ‘आउट’

316
Shares

काठमाडौँ, १४ असोज ।  स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त बन्न सात जनाले दरखास्त हालेको खुलेको छ । बोर्डको कार्यकारी निर्देशक नियुक्तिको लागि सरकारलाई सिफारिस गर्न गठित समितिले दरखास्त दिनेहरुको नाम सार्वजनिक गर्दा सो खुलेको हो ।

यद्धपी ती मध्ये दुई जनाको योग्यता नपुगेको भन्दै प्रतिस्पर्धाबाट हटाइदिएको छ ।

आज सार्वजनिक भएको नाम तीन दिन अघि मन्त्रालयले उपलव्ध गराएको नाम भन्दा फरक परेको छ । मन्त्रालय स्रोतले त्यसबेला ६ जनाले मात्रै रसिद काटेको भन्दै सूची उपलव्ध गराएको थियो ।

आज सार्वजनिक गरेको सूचीमा सतिश कुमार देव, श्रीमान् कार्की, शैलेसकुमार मिश्र, दामोदर बसौला, र रमेशकुमार पोखरेल छन् । यस्तै काशिनाथ रिमाल र मदनकुमार उपाध्यायको पनि नाम त राखिएको छ तर उनीहरुको योग्यता नपुगेको भन्दै नाम छनौट सूचीबाट हटाइएको छ ।

समितिका सदस्य सचिव डा पुष्पा चौधरीले आजको बैठकमा दरखास्त दिनेहरुको शिलबन्दी खाम खोली तोकिएको मापदण्ड पुगे नपुगेको रुजु गरेको बताइन् ।उनले मापदण्ड नपुगेका दुई जना हटेपछि अब पाँच जनाबीच प्रतिस्पर्धा हुने जानकारी दिइन ।

‘अब पाँच जना हुनुहुन्छ । उहाँहरु मध्येबाट पनि प्रस्तुति योग्यता र क्षमताका आधारमा उत्कृष्ठ तीन जना हामी सिफारिस गर्दछौँ । त्यसमध्येबाट सरकारले एक जनालाई निर्देशक नियुक्ति गर्नेछ,’ सचिव चौधरीले भनिन् । 

सचिव डा. चौधरीले सकेसम्म छिटो निर्देशक छनौटको काम टुग्याउँन समिति लागि परेको बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *