चितवन मेडिकल कलेजद्धारा ‘हाइब्रिड इन्टरनेशनल इमरजेन्सी मेडिसिन’ तालिम शुरु

चितवन, १४ असोज ।  चितवन मेडिकल कलेज (सीएमसी)ले हाईब्रिड इन्टरनेशनल इमरजेन्सी मेडिसिन (एचआईइएम) तालिम शुरु गरेको छ ।  बेलायतको इन्टरनेशनल एकेडेमी अफ मेडिकल लिडरसीप (आईएएमएल) युके,  इन्टरनेशनल सेन्टर फर इमरजेन्सी मेडिसिन (आईसीइएम) युके, डनक्यास्टर एण्ड व्यासेटल टिचिङ हस्पिटल (डिविटिएच) युकेसंग मिलेर सीएमसीले आकस्मिक चिकित्सा सम्वन्धी तालिम शुरु गरेको हो ।

सीएमसीले यस खालको अन्तराष्ट्रिय स्तरको तालिम शुरु गर्ने आफू पहिलो भएको दावी गरेको छ ।

सीएमसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले आकस्मिक उपचारको लागि नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले सो तालिम शुरु गरिएको जानकारी दिए ।

चार बर्षे यस तालिम पश्चात एमबीबीएस पास गरेका विद्यार्थीहरुलाई मेम्बर अफ रोयल कलेज अफ इमरजेन्सी मेडिसिन( एमआरसीइएम) र फेलोसिप इन क्वालिटी इम्प्रुभमेन्ट(एफक्यूआईएम)को डिग्री दिइने बताइएको छ ।

तालिम बेलायतको इन्टरशेनल एकेडेमी अफ मेडिकल लिडरसीप ( आइएएमएल) युके, इन्टरनेशनल सेन्टर फर इमरजेन्सी मेडिसिन (आईसीइएम) युके , डनक्यास्टर एण्ड व्यासेटल टिचिङ हस्पिटल युके र भरतपुरस्थित सिएमसी कलेजले संयुक्त रुपमा प्रशिक्षण दिनेछ ।

प्रशिक्षण पहिलो र चौथो बर्ष सीएमसी र दोस्रो र तेस्रो बर्ष डनक्यास्टर एण्ड व्यासेटल टिचिङ हस्पिटल वेलायतमा हुुनेछ ।

यसैबीच हाइब्रिड इन्टरनेशनल इमरजेन्सी मेडिसिन तालिमको शुभारम्भ गर्न र यसबारे सार्वजनिक जानकारी गराउन दुई दिने चितवन इन्टरनेशनल इमरजेन्सी मेडिसिन कन्फरेन्स शुरु भएको छ । कन्फरेन्सको उद्घाटन शनिबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले गरेका छन् ।

सो अवसरमा बोल्दै मन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि यस खालका तालिम सहयोगी हुने बताए । उनले अन्तराष्ट्रिय स्तरको तालिम शुरु गरेकोमा सीएमसीलाई बधाई समेत दिए । नेपालका कतिपय मेडिकल डिग्रीलाई विदेशमा महत्व नदिने गरेको अवस्थामा यस खालको तालिमको विशेष अर्थ रहने उनले बताए ।

कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भरत यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रमुख सल्लाहकार डा केके राई, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा नारायणविक्रम थापा, रोयल कलेज अफ इमरजेन्सी मेडिसिनको इन्टरनेशनल अफिसर भिक्टोरिया डेविटले समेत मन्तव्य दिएका थिए ।

सम्झौँता पत्र आदानप्रदान
चार बर्षे तालिमको लागि चितवन मेडिकल कलेज, इन्टरनेशनल एकेडेमी अफ मेडिकल लिडरसीप, इन्टरनेशनल सेन्टर फर इमरजेन्सी मेडिसिन र डनक्यास्टर एण्ड व्यासेटल टिचिङ हस्पिटल बेलायतबीच सम्झौँता पत्र स्वास्थ्य राज्यमन्त्री डा यादवले आदानप्रदान गराएका थिए ।
दुई दिनसम्म चल्ने सो कन्फरेन्समा २५० बढी चिकित्सकको सहभागीता छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *