सिद्धार्थ बैंकका ग्राहकलाई हेल्पिङ हेन्ड्स अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ, १० असोज । चावहिलस्थित हेल्पिङ हेन्ड्स सामुदायिक अस्पतालले सिद्धार्थ बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुलाई उपचारमा ५० प्रतिशत सम्म छुट सुविधा दिने भएको छ । अस्पताल र बैंकबीच बुधबार भएको पाँच बर्षे सम्झौँतामा ग्राहक तथा कर्मचारीका लागि यस्तो सुविधा दिने निर्णय भएको हो ।

सम्झौँतामा ओपिडी तर्फ जनरल टिकटमा ५० प्रतिशत र अन्यमा २० प्रतिशत छुटको व्यवस्था छ । यस्तै जनरल बेडमा ५० प्रतिशत, डिलक्स क्याविन, सुपर डिलक्स क्याविनमा १५ प्रतिशत छुटको व्यवस्था छ । प्याथोलोजी ल्याव एक्सरे, भिडियो एक्सरेमा २० प्रतिशत छुटको व्यवस्था छ । यस्तै इकोकार्डियोग्राफी, अपरेशन, प्रसूति सेवामा २० प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुटको व्यवस्था छ ।

बैंकले जारी गरेको परिचय पत्र वा सिफारिसको आधारमा अस्पतालले विरामीलाई त्यो सुविधा उपलव्ध गराउने बताइएको छ ।

सम्झौँता पत्रमा हेल्पिङ हेन्ड्स नेपालका अध्यक्ष डा कृष्णप्रसाद अधिकारी र सिद्धार्थ बैकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स सुरेशराज महर्जनले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा अस्पतालका निर्देशक डा गुप्तबहादुर श्रेष्ठ, राजन मानन्धर, बलराम उप्रेती, रविन पोखरेल, धनकुमार राईको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *