स्तनपाई आमाका लागि दुग्धवर्धक औषधि नि:शुल्क बाँढ्दै आयुर्वेद विभाग

604
Shares

काठमाडौँ, ९ असोज ।आयुर्वेद विभागले स्तनपाई आमाका लागि स्वास्थ्य वर्धक तथा दुग्धबर्धक औषधि नि:शुल्क उपलव्ध गराउने भएको छ । देशभर रहेका आफ्ना ३८० वटा शाखा कार्यालयबाट ती औषधिहरु निशुल्क उपलव्ध गराउने भएको हो ।

विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायले देशभर रहेका आयुर्वेदिक स्वास्थ्य संस्था, औषधालय आदिबाट दुग्धवर्धक औषधिहरु निशुल्क उपलव्ध गराइने गरेको बताए ।

‘धेरैलाई थाह नहुन सक्छ, आयुर्वेद विभागले सुत्केरी आमाहरुका लागि आयुर्वेदिक औषधि निशुल्क उपलव्ध गराउँदै छ । यसले आमा र शिशुको स्वास्थ्यमा फाइदा पुर्याउँछ’ डा. उपाध्यायले भने ।

त्यसो त विभागले विभिन्न रोगका लागि आवश्यक पर्ने २३ प्रकारका औषधिहरु निशुल्क उपलव्ध गराउने निर्णय गरी सकेको छ । उसले आफ्ना मातहतका निकायमा ती औषधिहरु पुरयाउन प्रदेश स्वास्थ्य निर्देशनालयहरुलाई निर्देशन दिइसकेको छ ।

विभागले चालु आर्थिक बर्षकै कार्यक्रममा ३८० वटा विद्यालयमा योग शिक्षा, त्यत्तिकै संख्यामा स्नेहन स्वेधन ( मसाज तथा सेकाई) कार्यक्रम समेत अघि सारेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *