संसदको शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा जयपुरी घर्ती निर्विरोध

216
Shares

काठमाडौँ, ४ असोज । संसदको शिक्षा तथा स्वास्थ्य समितिको सभापति नेकपाकी सांसद जयपुरी घर्ती हुने भएकी छन् । संसदीय समितिको सभापतिका लागि आज भएको उम्मेद्धारी दर्ताको समयमा घर्तीको मात्रै उम्मेद्धारी परेपछि उनी निर्विरोध हुने भएकी हुन् ।

यसको घोषणा भोलि मात्रै हुनेछ ।

घर्तीको उम्मेद्धारीमा प्रस्तावक योगेश भट्टराई र समर्थकमा अर्की सांसद अन्जना विशंखे रहेकी थिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *