कोशी अञ्चल अस्पताल स्वायत्त बन्ने

विराटनगर, २३ भदौ । पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताल विराटनगरमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । चालीस वर्षअघि निर्माण भएको सो अस्पताल तत्कालीन आवश्यकतालाई पूरा गर्न बनाइएको थियो भने अहिले जनसङ्ख्या वृद्धिका कारण पुरानो भौतिक संरचनाले अहिले आवश्यकता पूरा गर्न कठिनाइ भइरहेको अजनाएको छ ।

विराटनगरमा अवस्थित यो अस्पताललाई प्रदेश सरकारले ऐतिहासिक अस्पतालको रुपमा विकास गर्न खोजेको छ । प्रदेश सरकारले यसलाई शिक्षण अस्पताल बनाउने निर्णय गरिसकेको र अस्पताललाई प्रतिष्ठानमा रुपान्तरण गर्न स्वायत्त संस्था बनाउन प्रक्रिया थालिसकेको सामाजिक विकासमन्त्री जीवन घिमिरले बताए ।

काठमाडौँस्थित वीर अस्पतालसँग सहकार्य गर्न हस्ताक्षरसमेत भइसकेको यो अस्पतालले आउने वर्षमा एमबिबीएसको पढाइ शुरु गर्ने र यस वर्ष एमडी कक्षा चाँंडै सञ्चालन गर्ने सामाजिक विकासमन्त्री घिमिरे जानकारी दिए ।

दैनिक नेपाल–भारतका गरी करीब एक हजार २०० बिरामी आउने यो अस्पतालमा सरसफाइमा सुधार ल्याएको, बन्द प्रयोगशाला सञ्चालन गरेको, यन्त्र र उपकरण थप्ने काम भइरहेको उनले बताए ।

विगतमा घाटामा सञ्चालित यो अस्पतालमा प्रदेश सरकारको निगरानी र चासो बढ्न थालेपछि मासिक रु तीन लाख आम्दानी गर्न थालेकाले यो अस्पतालप्रति प्रदेश सरकारको आशा जागेको सामाजिक विकास मन्त्रालयको अनुमान छ । प्रदेशसभा सदस्य सावित्रा रेग्मीले कोशी अञ्चल अस्पतालमा समयअनुसार आइसियु, भेन्टिलेटर र दरबन्दीअनुसार चिकित्सक तथा विज्ञ चिकित्सकको आवश्यकता देखिएको जानकारी दिए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *