बिमस्टेक सम्मेलन स्थल सोल्टी होटलमा पाँच दिनका लागि ‘फिल्ड अस्पताल’

काठमाडौँमा बुधबार बिहान बसेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक । तस्बिर : प्रदीपराज वन्त,

काठमाडौँ, १३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलन स्थल सोल्टी होटलमा पाँच दिनका लागि ‘फिल्ड’ अस्पताल खडा गरेको छ । सम्मेलन भोलि र पर्सी सोही होटलमा चल्नेछ ।

अस्थायी प्रकृतिको उक्त फिल्ड अस्पतालमा दुई जना विशेषज्ञ डाक्टर एक जना मेडिक अफिसर, दुई जना प्यारामेडिक्स र एक जना एम्बुलेन्स ड्राइभर खटिएका छन् ।

उनीहरुलाई सम्मेलनमा सहभागी सदस्यहरुलाई पर्न सक्ने आकस्मिक उपचार र रिफर गर्ने जिम्मेवारी दिइएको छ । आकस्मिक सेवाका लागि आवश्यक पर्ने उपकरण औषधि सहितको स्वास्थ्यकर्मीको टोली हिजोबाट नै खटिएको छ ।

त्यसमा एक जना एनेस्थसिया, एक जना फिजिसिय, एक जना मेडिकल अफिसर , दुई जना प्यारामेडिक्स र एक जना एम्बुलेन्स ड्राइभर खटिएका छन् । इमरजेन्सी मेडिकल टिमका संयोजक डा भुपेन्द्रकुमार बस्नेतले भने ।

हिजो देखि फिल्ड हस्पिटलको रुपमा सोल्टीमा बसेको सो टिम आगामी १७ भदौसम्म रहने डा बस्नेतले बताए ।

स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स परिचालनको जिम्मा भने डा. प्रदिप वैद्यलाई दिएको छ । भिआईपी पाउनाको सवारी देखि सम्मेलनस्थल त्यसैगरी विमानस्थलमा समेत गरी दर्जन बढी क बर्गका एम्बुलेन्स परिचालनको व्यवस्था मिलाइएको छ । त्यसका लागि नेपाल एम्बुलेन्स सर्भिस, सरकारी अस्पताल, मेडिकल कलेज र केही निजी अस्पतालका एम्बुलेन्स परिचालन भएको छ ।

मन्त्रालय अन्तरगर्तको हेल्थ इमरजेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट युनिट प्रमुख चुडामणी भण्डारीले स्वास्थ्य सुरक्षाका लागि आवश्यक जनशक्ति, एम्बुलेन्स देखि अस्पतालको बेडसम्म तयारी हालतमा रहेको बताए । उनले सरकारीसंगै निजी क्षेत्रसंग समेत सहकार्य गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *