इनरुवा : एम्बुलेन्स सेवा सञ्चालन

इनरुवा, ९ भदौ । सुनसरीको देवानगञ्ज गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।
गाउँपालिकाको पहलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले सेवा प्रारम्भ गरेको हो । औपचारिक कार्यक्रमका बीच शुक्रबार गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले देवानगञ्ज स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरे । सुनसरीको पिछडिएको गाउँपालिका मध्य पर्ने देवानगञ्ज गाउँपालिकामा एम्बुलेन्स नहुँदा सर्वसाधारणलाई उपचारका लागि समस्या हुँदै आएको थियो ।
एम्बुलेन्सको अभावमा कतिपय बिरामीको अकालमा समेत मृत्यु हुने गरेको स्थानीयको भनाइ छ । गाउँमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



