चिकित्सा शिक्षा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयो
काठमाडौँ, २१ साउन । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई दफावार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ । संघीय संसदको आज बसेको बसेको प्रतिनिधि सभा बैठकले सो विधेयकलाई दफावार छलफलका लागि समिति समक्ष पठाउने निर्णय गरेको हो ।
आजको बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउन राखेको प्रस्तावलाई सर्वसम्मतिले निर्णय गरेको थियो ।
यसअघि उक्त विधेयकमा विभिन्न दलका सांसदहरुले ससोधन प्रस्ताव राखेका छन् । सरकारले डा. गोविन्द केसीसंग ९ बुँदे सम्झौँता गरेपछि यो विधेयक विषय थप पेचिलो बन्दै गइरहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



