चिकित्सा शिक्षा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ, २१ साउन ।  राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई दफावार छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको छ । संघीय संसदको आज बसेको बसेको प्रतिनिधि सभा बैठकले सो विधेयकलाई दफावार छलफलका लागि समिति समक्ष पठाउने निर्णय गरेको हो ।

आजको बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउन राखेको प्रस्तावलाई सर्वसम्मतिले निर्णय गरेको थियो ।

यसअघि उक्त विधेयकमा विभिन्न दलका सांसदहरुले ससोधन प्रस्ताव राखेका छन् । सरकारले डा. गोविन्द केसीसंग ९ बुँदे सम्झौँता गरेपछि यो विधेयक विषय थप पेचिलो बन्दै गइरहेको छ ।


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर