‘मेरो कार्यकालमा प्रतिवद्धता अनुसार ८० प्रतिशत कार्य सम्पन्न’: न्याम्स उपकुलपति प्राडा गुरुङ

काठमाडौँ, २० साउन ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले चार बर्षे कार्यकालमा श्वेतपत्र अनुसार ८० प्रतिशत काम सम्पन्न गरेको दावी गरेका छन् । पदावधी सकिन तीन दिन बाँकी छँदा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो दावी गरेका हुन् ।

‘हामी नेतृत्वमा आउँदा संस्था १२ करोड बढी घाटा थियो, ८६ करोड बेरुजु थियो । अहिले त्यो अवस्था छैन । संस्थामा अहिले आफै चल्न सक्ने अवस्था अर्थात सामान्य नाफामा छ,’ प्राडा गुरुङले भने ।

उनले आफ्नो कार्यकालमा वीर अस्पतालको भौतिक सुधार, ट्रमा सेन्टर सञ्चालन, सेवा विस्तार तथा एकेडेमिक तर्फ न्याम्सको दिक्षान्त समारोह आफ्ना कार्यकालका महत्वपूर्ण उपलव्धीहरु भएको बताए ।

‘गतवर्ष मात्रै १ अर्व २७ करोडको मात्रै उपकरणहरु खरीद भयो । त्यसले अस्पतालको सेवामा निकै परिवर्तन ल्याएको छ । अहिले नर्सिङ कलेज भएको ठाँउमा बहुवर्षिय कार्यक्रम अन्तरर्गतको सुविधा सम्पन्न भवन, यता जाइकाको सहयोगमा अर्को भवन र भक्तपुरको दुवाकोटमा अर्को परियोजना स्वीकृत गर्ने काम हाम्रै पालामा भएको छ,’ प्राडा गुरुङले भने ।

शिक्षाध्यक्ष प्राडा रंगबहादुर बस्नेत, डीन प्राडा यहुनचन्द्र सिवाकोटी, बीर अस्पतालका निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेतसहित उपस्थित भएका उपकुलपति गुरुङले आफ्ना पालामा भएका कामको ७ पन्ना लामो विवरण प्रस्तुत गरेका थिए ।

डा गुरुङ २०७१साउन २३ गते चार बर्षका लागि नियुक्त भएका थिए । उनको सेवा अवधी मंगलबारबाट सकिदै छ । न्याम्सका अन्य पदाधिकारीहरुको पनि त्यस लगत्तै अवधी सकिदैछ ।

तर बीर अस्पतालका निर्देशक डा बस्नेतको भने अझै दुई महिना कार्यकाल छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *