पुराना निजी मेडिकल कलेज राष्ट्रियकरण हुन सक्दैन : माथेमा कार्यदल सदस्य उपाध्याय

काठमाडौँ, ६ साउन । माथेमा कार्यदलका सदस्य प्राध्यापक मदनकुमार उपाध्यायले खोलि सकिएका निजी मेडिकल कलेज राष्ट्रियकरण हुन नसक्ने बताएका छन् । डा.  गोविन्द केसीको समर्थनमा बसन्तपुरमा आयोजित सामुहिक अनसनमा ऐकेवद्धता जनाउन पुगेका उपाध्यायले सञ्चारकर्मीसंग यस्तो बताएका हुन् ।

माथेमा कार्यदलको प्रतिवेदनमा उपत्यकामा १० बर्ष सम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने र यसअघि ५ वटालाई सम्वन्धन दिइसकेका विश्वविद्यालयले नयाँ सम्वन्धन दिन नपाउने छ । डा. केसीले सो व्यवस्था अक्षरस लागू हुनुपर्ने बताउँदै आएका छन् ।

सत्ता पक्षका कतिपय प्राध्यापक तथा चिकित्सकहरुले भने अहिलेको अवस्थामा सरकारलाई एक कदम अघि बढदै नयाँ कलेज र पुराना कलेजहरुलाई राष्ट्रियकरण गर्न वा गैरनाफामुलक हुने गरी ट्रष्टमा लैजाने निर्णय गर्न सुझाव दिदै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति समेत रहेका प्रा उपाध्यायले यसअघि निजी रुपमा खोलिएका कलेजहरुलाई राष्ट्रिय करण गर्न मिल्दै नमिल्ने ठोकुवा गरे । उनले भने, ‘माथेमा आयोगले जे भनेको छ त्यहि नगरी सुख छैन । अहिले पुराना निजी मेडिकल कलेज राष्ट्रियकरण हुदैनन र गर्न पनि मिल्दैन ।’

माथेमा कार्यदलका संयोजक प्राध्यापक केदारभक्त माथेमाले डा. केसीको अनशन तोड्नको लागि विधेयकबाट काटिएको व्यवस्थाहरु विधयेकमै जोडनुको विकल्प नभएको बताए ।

उनले भने, ‘समाधानको उपाय एकदमै सजिलो छ  ‘हामीले भनेका थियौँ उपत्यकामा १० बर्ष मेडिकल कलेज खोल्न पाइदैन भनेर । यस्तै एउटा विश्वविद्यालय ५ वटा बढी कलेजलाई सम्बन्धन दिनु हुँदैन भनेर यी कुराको सम्वोधन गरियो भने डा केसीले आजै अनशन त्याग्नु हुन्छ ।’

सामुहिक अनशनमा झण्डै एक सय सहभागी


सोलिडारिटीफर डा. जी केसी अलायन्सले आज बसन्तपुर डवलीमा सामुहिक अनशन आयोजना गरेको छ । विहान १० देखि अपरान्ह ५ बजेसम्म बस्ने गरी शुरु गरिएको अनशनमा करीब एक सय जनाको सहभागीता छ ।

अनसनमा सहभागिता जनाउन नेपाली कांग्रेसका सांसद गगन थापा बसन्तपुर पुगेका थिए । यस्तै बार्ता टोली संयोजक डा अभिषेकराज सिंह, सदस्य डा सुरेन्द्र भण्डारी लगायतको सहभागीता थियो ।

सहभागिता जनाउन माथेमा कार्यदलका संयोजक प्राध्यापक केदारभक्त माथेमा र सदस्य मदनकुमार उपाध्याय समेत बसन्तपुर डवली पुगेका थिए ।

अनशनमा आवासीय चिकित्सक, नर्स र सर्वसाधारणका अलावा अलावा नेपाली कांग्रेस आवद्ध नेता कार्यकर्ता, विवेकशील साझामा आवद्ध नेता कार्यकर्ताहरुको समेत सहभागीता छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “पुराना निजी मेडिकल कलेज राष्ट्रियकरण हुन सक्दैन : माथेमा कार्यदल सदस्य उपाध्याय

  1. सबै मेडिकल कलेज राष्ट्रियकरण हुन सक्दैन भने पछि बुझ्नुस को माफिया रहेछ र कुन पार्टीको मेडिकल कलेज बिर्रुध लक्षित उद्देश्यको लागि माथेमा आयोग बनेको रहेछ ।

Leave a Reply to Kamal Ranabhat Cancel reply

Your email address will not be published. Required fields are marked *