सिंहदरबार भित्रका चमेनागृह चुरोट सेवनकर्ताको अखडा

कांग्रेस संसदीय दलको कार्यालयसंगैको चमेनागृहमा चुरोट सेवन गर्दै

काठमाडौँ, १३ बैशाख । कानून त सिंहदरबार क्षेत्र भित्र सूर्तीजन्य पदार्थको सेवन गर्न पाइदैन । तर त्यस भित्र रहेका अधिकांश कार्यालयका चमेनागृहमा कर्मचारी तथा सेवाग्राहीले निर्वाध रुपमा चुरोट सेवन गर्ने गरेका छन् ।

बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयको चमेनागृहमा पुग्दा निर्वाध कर्मचारी तथा सर्वसाधारणले निर्वाध रुपमा चुरोट सेवन गरिरहेका थिए । उनीहरुलाई हेर्दा लाग्थ्यो त्यस ठाँउमा सूर्तीजन्य पदार्थ सेवन गर्न पाइदैन भन्ने जानकारी नै छैन ।

यता अर्थ मन्त्रालय, पुर्न निर्माण प्राधिकरण, उर्जा मन्त्रालयसंगैका चमेनागृहमा पनि खुलेआम रुपमा धूमपान हुने गरेका छन् । ‘यो क्यान्टिन त्यो क्यान्टिन भन्ने छैन । यहाँ भित्रका प्राय सबै क्यान्टिनमा चुरोट खाने सुविधा छ । झट्ट देखिने ठाँउमा कोही कोही लुकेर खान्छन, कसैले देखेर खान्छन्,’ सिंहदरबार परिषरको एक कार्यालयमा काम गर्ने सञ्जीव शर्मा भन्छन् ।

सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा १७ ले सार्वजनिक स्थलमा धूमपान गर्ने व्यक्तिबाट एक सय रुपैयाँ जरिमाना लिन सकिने उल्लेख छ ।

त्यस्तै पटक पटक धूमपान गरे त्यसठाँउबाट जरिमान लिएर निस्कासन गर्न सकिने व्यवस्था छ । त्यस्तै कर्मचारी रहे सचेत जरिवाना सहित विभागीय कारबाही समेत गर्न सकिने उल्लेख छ । तर त्यहाँ चुरोट सेवन गर्नेहरुलाई त्यस्तो कुनै भय नै थिएन । उनीहरु आउँछन्, चुरोट सल्काउँछन, जान्छन् । कुनै डर छैन ।

यसअघि यस्तै समस्या स्वास्थ्य मन्त्रालयको चमेनागृहमा पनि थियो । तर पछिल्लो पटक स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मन्त्रालयको गेटमै सूर्तीजन्य पदार्थको चेक जाँच गर्न थालेपछि त्यो समस्या लगभट टरेको जस्तो देखिएको छ ।

हिजो आज स्वास्थ्य मन्त्रालय परिसरमा चुरोट तथा सूर्तिजन्य पदार्थको खुलेआम सेवन गरेको पाइदैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *