बागलुङ : धौलागिरि अञ्चल अस्पतालमा ‘डायलासिस’ सेवा शुरु

28
Shares


बागलुङ, १० वैशाख । धौलागिरि अञ्चल अस्पताल बागलुङमा आजबाट निःशुल्क डायलासिस सेवा शुरु भएको छ । यस क्षेत्रमा पहिलोपटक शुरु भएको सो सेवाबाट मृगौलाका बिरामीले प्रत्यक्ष लाभ लिनेछन् ।

बागलुङ नगरपालिका–४ का ठोकप्रसाद सापकोटाकोे डायलासिस गरी सो सेवा शुरु गरिएको अस्पतालका प्रमुख डा सागर राजभण्डारीले बताए ।

दैनिक दुई चरणमा गरी चारजना बिरामीको डायलासिस गर्न सकिने उनको भनाइ छ । उपकरण र जनशक्ति व्यवस्थापन भए सेवा बढाउन सकिने अस्पतालले जनाएको छ ।

यो सेवा शुरु संगै महँगो खर्चमा डायलासिस गर्न ठूला अस्पतालमा जानुपर्ने धवलागिरिवासीको बाध्यता हटेको अस्पताल विकास समितिका अध्यक्ष रामजी सुवेदीले बताए ।

‘‘लामो प्रयासपछि डायलासिस सेवा शुरु भएको छ,” उनले भने, “यसको निरन्तरताका लागि सबै क्षेत्रको सहयोग चाहिन्छ ।”

सरकारले अघिल्लो वर्षदेखि डायलसिस सेवा पूर्णरुपमा निःशुल्क गरेको हो ।

देशभरका ४३ अस्पतालबाट यो सेवा सञ्चालन भइरहेको छ । डायलासिस सेवाबाट बागलुङसँगै छिमेकी पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मीलगायत जिल्लाका बिरामीले सुविधा पाउने छन् ।
रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *