स्वयंसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशन १७ र १८ बैशाखमा

काठमाडौँ, ८ बैशाख । नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको आगामी १७ र १८ गते राजधानीमा हुने भएको छ । ‘कम्तीमा एक परिवार एक स्वयंसेवी रक्तदाता अभियानमा सहभागी हौँ,’ भन्ने मुल नाराका हुन लागेको सो महाधिवेशनले आगामी पाँच बर्षका लागि नयाँ नेतृत्वको चुन्नेछ ।

महाधिवेशनका लागि २३ जिल्लाबाट ११५ जना प्रतिनिधिहरु सहभागी हुनेछन् । राजधानीको राष्ट्रिय सभागृहमा हुने सो महावेशनको उद्घाटन स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले गर्ने समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले बताए ।

समाजले अहिले २३ जिल्लामा शाखा विस्तार गरेको छ । यसपटकको महाधिवेशनमा हरेक शाखाबाट पाँच जनाको दरले प्रतिनिधि सहभागी हुनेछन् । त्यहिबाट नयाँ नेतृत्व चुनिने छ ।

रक्तदान प्रति पछिल्लो समय जनधारणा सकारात्मक हुँने र रक्तदान गर्ने क्रम बढेपनि त्यसको व्यवस्थापन नहुँदा विरामी र तिनका आफन्तले सहज रुपमा रगत पाउन सकेका छैनन् ।

रगत संकलन तथा वितरणको मुख्य जिम्मेबार नेपाल रेडक्रसको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैक भएपनि त्यसले उचित व्यवस्थापन गर्न सकेको छैन । राजधानीका अस्पतालबाट रगत लिन व्लड बैंक पुग्ने अधिकांशले दाताबाट दान गराएर मात्रै रगत लिन पाउने (रिप्लेसमेन्ट) अवस्था रहेको छ ।

तर राजधानीमै रहेको स्वयंसेवी रक्तदाता समाज र त्यसका अध्यक्ष कर्माचार्यले भने सो अभाव र अफ्टयारालाई सल्टाउँदै आएका छन् ।
उपत्यकामा मात्रै दैनिक करीब ३०० युनिट रगत माग हुने गरेको र देशैभरको माग जोडदा ५०० युनिट नाघ्ने कर्माचार्यले बताए ।

उनले यसपटकको अधिवेशनको नारा रक्तदान अभियानमा घर घरबाटै सुरु गर्नुपर्छ भन्ने सन्देश दिनका लागि तय गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *