पिजी अध्ययन गराउने मेडिकल कलेजका लागि त्रिविले तोक्यो नयाँ सिट

काठमाडौँ, ३ बैशाख । त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद्ले आफ्ना आंगिक तथा सम्वन्धन प्राप्त मेडिकल र डेन्टल कलेजका लागि स्नातकोत्तर (पीजी) अध्ययन तहको अध्ययन गराउन नयाँ सिट निर्धारण गरेको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको गत १३ चैतको फ्याकल्टी बोर्डको सिफारिसको आधारमा कार्यकारी परिषदले शैक्षिक बर्ष २०७४ /०७५का लागि नयाँ सिट निर्धारण गरेको हो ।

त्रिविका अनुसार परिषदले आउँदो शैक्षिक सत्रका लागि  महाराजगन्ज क्याम्पसमा अध्यापन गराउन क्लिनिकल विषयमा ८७ सिट तोकेको छ। यस्तै परिषद्ले  बेसिक साइन्स, दन्त चिकित्सक लगायत विषयमा १८ वटा सिट निर्धारण गरेको छ।

आइओएममा सबैभन्दा बढी जनरल प्राक्टिसनर तथा इमर्जेन्सी मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति र इन्टरनल मेडिसिनमा १० – १० सिट तोकेको छ।

सम्वन्धन प्राप्त मेडिकल कलेज तर्फ यो वर्षदेखि मात्रै पिजी भर्नाको अनुमति पाएका नेपाली सेनाको  मेडिकल कलेजले कुल ४६ सिट पाएको  छ। उसले क्लिनिकल विषयमा २९ वटा सिट पाएको छ। सेनाले इन्टरनल मेडिसिनमा पाँच सिट,  बेसिक साइन्स र अन्य विषयमा गरेर १७ सिट पाएको छ।

यस्तै  चितवन मेडिकल कलेजले पिजीतर्फ कुल ४४ सिट पाएकोमा क्लिनिकल विषयमा १५ सिट पाएको छ। तीमध्ये जनरल सर्जरीमा सात र इन्टरनल मेडिसिनमा पाँच सिट छन्।

उता  युनिभर्सल मेडिकल कलेजले ३७, नेसनल मेडिकल कलेजले ३०, पिपल्स डेन्टलले आठ, किस्ट मेडिकल कलेजले चार र गण्डकी मेडिकल कलेजले १२ सिट पाएका छन्।

सामान्य चिकित्सा र नर्सिङ विषयमा पिजी पढाउन अनुमति पाएको मनमोहन मेमोरियल मेडिकल कलेजले १६ सिट पाएको छ।

यो पनि पढ्नुस

त्रिविले तोक्यो एमडी/एमएस/एमडीएसको नयाँ शुल्क, अधिकतम २२ लाख

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *