मुटुरोग उपचारसम्बन्धी सामग्री हस्तान्तरण

116
Shares

भक्तपुर, ३० चैत । अमेरिकाकी चिकित्सक टोलीले शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रलाई करीब रु १५ लाख बराबरको मुटुको शल्यक्रियामा प्रयोग हुने सामग्री आज हस्तान्तरण गरेको छ ।

अमेरिकाको कार्डियोस्टार्ट इन्टरनेशनलबाट आएका डा इमिली फाल्र्कास, डा डेभिड क्याकलफलिन, डा खालिद शेखलगायतको टोलीले केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गरेको हो । टोलीले मुटुको शल्यक्रियाका लागि अत्यावश्यक पर्ने रु २५ हजारदेखि ७० हजारसम्मका सामग्री हस्तान्तरण गरेको हो ।

एक साताका नेपाल बसाइमा टोलीले केन्द्रका मुटुरोग विशेषज्ञ टोलीसँगै मुटुका तीन शल्यक्रिया गरेको डा श्रेष्ठले जानकारी दिए। नेपालको स्वास्थ्य क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले वर्षमा दुई पटक नेपाल आउने गरेको टोली अब वर्षमा चार पटक नेपाल आउने भएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *