स्वास्थ्य केन्द्रलाई रु दुई करोडको जग्गा सहयोग

दाङ, २२ चैत । यहाँका एक व्यक्तिले स्वास्थ्य केन्द्र सञ्चालनका लागि उपमहानगरपालिकालाई रु दुई करोड बराबरको जग्गा सहयोग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले वडा नंं ८ मा सञ्चालन गर्न लागेको शहरी स्वास्थ्य केन्द्रलाई स्व भीमसेनबहादुर शाहका छोरा अभिषेक शाहले तुलसीपुर–८ मा रहेको १३ कट्ठा जग्गा उपलब्ध गराएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

सो जग्गाको चल्ती मूल्य रु एक करोड ९५ लाख रहेको प्रमुख पाण्डेले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगरसभामा बुधबार शाहले जग्गाको लालपूर्जा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेलाई हस्तान्तरण गरेका थिए । जग्गादाता शाहलाई प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सो अवसरमा सम्मानसमेत गरेका थिए ।

उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको शहरी स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टरसहित सेवा सञ्चालन हुने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *