नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंकबीच सम्झौता

216
Shares

काठमाडौँ, २१ चैत । नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंकबीच मंगलबार द्विपक्षीय सम्झौँतामा हस्ताक्षर भएको छ ।

बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा सहज र सुविधायुक्त उपचारका लागि दुवै पक्षले सहकार्य गर्ने गरी सम्झौँता भएको हो ।

सो क्रममा नेपालीहरुको सम्पूर्ण उपचार अब देशमै सम्भव बनाउने अभियानमा सरिक हुन नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले द्विपक्षीय सम्झांैतामा हस्ताक्षर गरेका छन् ।

सो अबसरमा बोल्दै नेपालीहरुलाई उपचारका लागि अब विदेश जानु नपर्ने र सबै नेपालीले धान्न सक्ने अस्पतालको रुपमा नेपाल मेडिसिटीले आफ्ना सेवाहरुलाई राष्ट्र सेवामा समर्पित गरेको मेडिसिटी अस्पतालमा महाप्रबन्धक विजय रिमालले बताए ।

ग्लोबल आईएमई बैंक र नेपाल मेडिसिटी अस्पतालले आउंदा दिनहरुमा विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने र आफ्ना ग्राहकहरुलाई थप सुविधा दिन पहल गर्ने पनि सो अवसरमा जानकारी गराईयो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *