नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंकबीच सम्झौता

काठमाडौँ, २१ चैत । नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंकबीच मंगलबार द्विपक्षीय सम्झौँतामा हस्ताक्षर भएको छ ।

बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा सहज र सुविधायुक्त उपचारका लागि दुवै पक्षले सहकार्य गर्ने गरी सम्झौँता भएको हो ।

सो क्रममा नेपालीहरुको सम्पूर्ण उपचार अब देशमै सम्भव बनाउने अभियानमा सरिक हुन नेपाल मेडिसिटीका तर्फबाट महाप्रबन्धक विजय रिमाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले द्विपक्षीय सम्झांैतामा हस्ताक्षर गरेका छन् ।

सो अबसरमा बोल्दै नेपालीहरुलाई उपचारका लागि अब विदेश जानु नपर्ने र सबै नेपालीले धान्न सक्ने अस्पतालको रुपमा नेपाल मेडिसिटीले आफ्ना सेवाहरुलाई राष्ट्र सेवामा समर्पित गरेको मेडिसिटी अस्पतालमा महाप्रबन्धक विजय रिमालले बताए ।

ग्लोबल आईएमई बैंक र नेपाल मेडिसिटी अस्पतालले आउंदा दिनहरुमा विभिन्न सामाजिक कार्यहरुमा सहभागी हुने र आफ्ना ग्राहकहरुलाई थप सुविधा दिन पहल गर्ने पनि सो अवसरमा जानकारी गराईयो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *