डा. दिव्या र डा. दिलिप भए ‘क्याविनेट डाक्टर’
काठमाडौँ, १४ चैत । सरकारले चिकित्सकद्धय डा. दिव्या सिंह शाह र डा. दिलिप शर्मालाई ‘क्याविनेट डक्टर’को रुपमा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनीहरलाई ‘क्याविनेट डक्टर’को रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा शाह त्रिवि शिक्षण अस्पतालमा मिर्गौला रोग विशेषज्ञका रुपमा कार्यरत छन् । यस्तै डाक्टर शर्मा बीर अस्पतालमा कलेजो रोग विशेषज्ञको रुपमा कार्यरत छन् ।
उनी नेपाल मेडिकल काउन्सिलको रजिष्टार समेत हुन् । दुबै जना डाक्टरले धेरै अघि देखिनै प्रधानमन्त्री केपी शर्मा ओलीको नियमित रुपमा स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



