विमान दुर्घटनामा १७ जना मेडिकल विद्यार्थी परेको आशंका

काठमाडौँ, २८ फागुन । अवतरणका क्रममा दुर्घटनामा परेको युएस बंगला विमानमा १७ जना मेडिकल विद्यार्थी रहेको आशंका गरिएको छ । यद्धपी को को परे भन्ने बारेमा एकिन भइसकेको छैन ।
सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले दुर्घटनामा परेको विमानमा मेडिकल अध्ययन सकेर नेपाल फर्र्कदै गरेका धेरै विद्यार्थी परेको जानकारी आएको बताउँदै एकीन संख्या र नाम थाह भइ नसकेको जानकारी दिए । उनले अस्पताल, आफन्त, विमानस्थल, बंगलादेशस्थित दुतावास तर्फ सम्पर्क गर्ने कोशिश भइरहेको समेत बताए ।
मेडिकल अध्ययन सकेर फर्केका आफ्ना साथीहरु दुर्घटनामा परेको आशंका गर्दै मेडिकल विद्यार्थी तथा चिकित्कसहरुले सामाजिक सञ्जालमा स्टाटसहरु राख्न थालेका छन् ।
ढाकाबाट काठमाडौँका लागि उडेको विमानमा कुल चालक दलका ४ सदस्य सहित ७१ जना थिए । त्यसमध्ये ३३ जना नेपाली रहेको बताइएको छ । सो मध्ये १७ जना मेडिकल अध्ययन सकेर फर्केका नेपाली विद्यार्थी रहेको आशंका गरिएको हो ।
सम्पर्क इमेल : [email protected]