शिशु जन्माएर फाल्ने महिलालाई मुद्दा

28
Shares

भोजपुर, १६ फागुन । गत फागुन ४ गते सालनाल सहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।

भोजपुरको उत्तरी षडानन्द नगरपालिका–६ केउरेनीपानीमा बेवारिसे अवस्थामा फ्यालिएकोे शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेपछि मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

बत्तीस वर्षीय मग्रातीले अनुसन्धानमा आफूले जन्माएर फ्याँकेको स्वीकार गरेपछि प्रहरीले मुद्दा चलाएको प्रहरी निरीक्षक ख्याम नेपालले जानकारी दिए । फ्यालिएको शिशु भने उनका आफन्तले पालनपोषण गरिरहेका छन् । उनको थप अनुसन्धान भइरहेको छ । उनका अनुसार मग्रातीका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *