स्वास्थ्य मन्त्रालय परीसरमा निशुल्क स्वास्थ्य शिविर, १२० जनाको परीक्षण

36
Shares

काठमाडौँ, १५ फागुन । छैटौँ स्वास्थ्य दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज स्वास्थ्य मन्त्रालय परीसरमा निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको छ ।

उक्त शिविरमा १०५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । सोही शिविरमा अरु १५ जनाले जनाले मरणोपरान्त अंङ्गदान गर्ने लिखित प्रतिवद्धता (मन्जुरीनामा) दिएका छन् ।

केन्द्रका कार्यकारी निर्देशक डा.  पुकारचन्द्र श्रेष्ठले शिविरमा आउनेहरुको उच्च रक्तचाप, पिसाव परीक्षण तथा भिडियो एक्सरे गरिएको जानकारी दिए । उनका अनुसार ३१ जनाको भिडियो एक्सरे गरिएकोमा ९ जनाको पत्थरी देखिएको थियो । १० जनामा फ्याट्टी लिभर, तीन जनामा सुगर देखिएको थियो ।

केन्द्रले सोही अवसरमा मरणोपरान्त अंगदान दिने दिन चाहनेहरुले मन्जुरीनामा गर्न सक्ने व्यवस्था मिलाएको थियो ।

‘स्वास्थ्य दिवसको अवसरमा सहभागीहरको स्वास्थ्य परीक्षण गराउँद भनेर हामीले यो शिविर राखेका हौँ । साथै स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने सन्देश दिन पनि यो आयोजना गरेका हौँ ,’ निर्देशक डा. श्रेष्ठले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *