दक्षिण अमेरिकी देश मालावीमा फैलिएको हैजाबाट ६ को मृत्यु

36
Shares

लिलोङवे मालावी, २९ माघ । दक्षिण अमेरिकी देश मालावीमा फैलिएको हैजाका कारण ६ जनाको मृत्यु भएको छ ।

गत नोभेम्बरदेखि शुरु भएको हैजाका कारण अरु ४३४ जना प्रभावित भएका अधिकारीले आइतबार जानकारी दिएका छन् । हैजाको प्रभाव कारोङगा जिल्लाको सिमानामा सबै भन्दा पहिला देखिएको थियो ।

संयुक्त राष्ट्रसंघीय बालकोष ९युनिसेफ०ले देशमा फैलिएको हैजाको विषयमा चासो व्यक्त गरेको छ । उसले तत्काल हैजा नियन्त्रणका लागि विषेश पहल गर्न अधिकारीहरुलाई आग्रह पनि गरेको समाचारमा जनाइएको छ ।

मालवीका लागि युनिसेफका प्रतिनिधि जेहनेस वेडेनिङले सफा र उपभोग गर्न योग्य पानीको व्यवस्था गर्ने तर्फ ध्यान दिन आग्रह गरेका छन् । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *