तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन
भोजपुर, १७ माघ । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।
स्थानीय सरकारका प्रमुखसमेत रहेका प्रमुख आलेले ग्रामीण समुदायका जनता सुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै काजमा रहेका स्वास्थ्यकर्मीलाई सम्बन्धित दरबन्दी रहेको ठाउँमा जान निर्देशन दिएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयको एक कार्यक्रममा उनले नगर स्वास्थ्य संयोजकको हैसियतले अस्पतालको सुदृढीकरणका लागि विभिन्न कार्य गर्ने उल्लेख गरे । प्रमुख आलेले महिनामा एकचोटि अस्पताल परिसरको सरसफाइ कार्यक्रम गर्ने मितिसमेत तोकेका छन् । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



