तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन

भोजपुर, १७ माघ । भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले तोकिएको दरबन्दीमा जान स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

स्थानीय सरकारका प्रमुखसमेत रहेका प्रमुख आलेले ग्रामीण समुदायका जनता सुलभ स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएको भन्दै काजमा रहेका स्वास्थ्यकर्मीलाई सम्बन्धित दरबन्दी रहेको ठाउँमा जान निर्देशन दिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयको एक कार्यक्रममा उनले नगर स्वास्थ्य संयोजकको हैसियतले अस्पतालको सुदृढीकरणका लागि विभिन्न कार्य गर्ने उल्लेख गरे । प्रमुख आलेले महिनामा एकचोटि अस्पताल परिसरको सरसफाइ कार्यक्रम गर्ने मितिसमेत तोकेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *