सिरहाका ७० भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण

36
Shares


लहान, १६ माघ । जिल्ला जनस्वास्थ्य कार्यालयले मातहतमा रहेका ७० वटा भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

नयाँ व्यवस्थाअनुसार स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिएको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिए ।

जिल्लाको मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिकासहित विष्णुपुर गाउँपालिका, औरही गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नवराजपुर गाउँपालिका र अर्नमा गाउँपालिका क्षेत्रभित्र पर्ने स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको उनले बताए ।

हस्तान्तरण गर्न बाँकी रहेका सुखीपुर नगरपालिका, लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, नरहा गाउँपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था पनि केही दिनभित्रै हस्तान्तरण गरिसक्ने प्रमुख डा दासको भनाइ छ ।

सिरहामा दुई वटा सरकारी अस्पतालसहित १०४ हेल्थपोष्ट, तीन वटा शहरी क्लिनिक र एउटा सामुदायिक स्वास्थ्य एकाइ रहेको उक्त कार्यालयले जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *