प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

बैतडी, १६ माघ । प्रदेश नं ७ ९सुदूरपश्चिम०मा १९८ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७३/७४ मा प्रदेश नम्बर ७ का जिल्लामा १९८ जना कुष्ठरोगी उपचारमा रहेकामा तीमध्ये सबैभन्दा बढी कैलालीमा १०६ जना रहेका छन् । कञ्चनपुरमा ४७ जना, अछाममा २२, डोटीमा ५, बैतडी, डडेल्धुरा र बझाङमा चार/चार जनाले उपचार गराइरहेका छन् भने दार्चुला र बाजुरामा तीन÷तीन जनाले उपचार गराइरहेका छन् । १९८ जनामध्ये ७८ जना महिला र सातजना बालबालिका रहेका छन् ।

कुष्ठरोगकै कारण आव २०७३/७४ मा सातजना अपांगताको शिकार भएका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरीक्षक मनोज ओझाले जानकारी दिए । उनले भने “समयमै उपचार नआउँदा कुष्ठरोगले अपांगता निम्त्याउने गरेको छ ।”

प्रदेश नं ७ को पछिल्लो तीन वर्षयताको तथ्यांक हेर्ने हो भने प्रदेश नम्बर सातमा कुष्ठरोगीको संख्या स्थिर रहेको छ । पहिलाको तुलनामा कुष्ठरोगीको संख्या घटे पनि अझै अपेक्षाअनुसार कम नभएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरीक्षक मनोज ओझाले बताए ।

कुष्ठरोगलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन नआएकाले यो रोग लाग्ने बित्तिकै उपचारमा आउनेको संख्या कम रहेको छ । “कुष्ठरोगीलाई समाजले गर्ने व्यवहारका कारण उनीहरु लुक्ने गरेका छन्,” उनले बताए।

आव २०७३/७४ मा २०९ जना कुष्ठरोगीका बिरामी पत्ता लागेको सुदूरपश्चिममा आव २०७/७३ मा २०८ र आव २०७१/७२ मा २२६ जना पत्ता लागेका थिए । कुष्ठरोग सरुवा रोग भएकाले यसको लक्षण पाँच वर्षपछि पनि देखा पर्न सक्ने चिकित्सकले बताएका छन् ।

लक्षण देखिएको धेरैपछि मात्रै उपचारमा आउने प्रवृत्तिले यसले मानिसलाई अपांगताको शिकार बनाउने गर्दछ । सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्ने गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *