स्वास्थ्यका सातौँ र आठौँ तहमा नाम निकाल्नेहरुको सेवा प्रवेश तालिम १७ गते देखि

काठमाडौँ, १४ माघ । लोक सेवा आयोगको परीक्षा पास गरी सिफारिसमा परेका स्वास्थ्य सेवा समूह सातौँ र आठौँ तहका कर्मचारीको सेवा प्रवेश तालिम आगामी बुधबार (१७ माघ) देखि हुने भएको छ ।

स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले आवश्यक तयारी नपुगेको भन्दै सोमबारबाट हुने भनेको तालिम बुधबारबाट शुरु हुने बताएको मन्त्रालयका उपसचिव बाबुराम खनालले जानकारी दिए ।

यसपटक स्वास्थ्य सेवा समूहका चिकित्सक, फार्मेसी अधिकृत, मेडिकल ल्याव टेक्नोलोजिष्ट लगायतका विभिन्न प्राविधिक पदका सातौँ र आठौँ तहका गरी करीब डेढ सय नयाँ कर्मचारी सरकारी सेवामा प्रवेश गरेका छन् ।

तीस दिनको वर्किङ आवर तालिम पछि उनीहरुलाई कार्यक्षेत्रमा पठाउने मन्त्रालयको तयारी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *