शंकरापुर अस्पतालले एक सातासम्म नि:शुल्क ‘व्लड सुगर’ जाँच गर्ने

728
Shares

काठमाडौँ, २८ कात्तिक । विश्व मधुमेह दिवसको अवसरमा आज जोरपाटीस्थित शंकरापुर हस्पिटलले आज देखि ७ दिनसम्म नि:शुल्क व्लड सुगर जाँच गर्ने भएको छ ।

लाइन्स क्लवअफ काठमाडौँ मनहरा काठमाडौँको सहयोगमा अस्पतालले आज देखि हरेक दिन १० देखि १२ बजेसम्म निशुल्क जाँचको व्यवस्था मिलाएको अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकालले जानकारी दिए ।

यसैबीच दिवसको अवसर पारी अस्पतालले आज जनचेतनामुलक प्रभातफेरीको आयोजना गरेको छ । प्रभातफेरी विहान मुलपानी देखि जोरपाटी आई शंकारपुर अस्पताल पुगी समाप्त भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *