नेपाल नेशनल हस्पिटलले सञ्चालनमा ल्यायो १० बेडको एनआईसीयु कक्ष

काठमाडौँ, १८ कात्तिक । कलंकीस्थित नेपाल नेशनल हस्पिटलले १० शैयाको नवजात शिशु सघन कक्ष सञ्चालनमा ल्याएको छ । अस्पतालद्धारा आज आयोजित विशेष समारोहमा युवा तथा खेलकुद मन्त्री राजन केसीले नवजात शिशु सघन कक्ष(एनआईसीयु)को उदघाटन गरेका थिए ।

समारोहमा बोल्दै  अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले अस्पतालले छोटो समयमा स्थानीय जनताको विश्वास जित्न सफल भएको भन्दै उपचारलाई विश्वसनीय र प्रभावकारी बनाउन एनआईसीयु कक्ष सञ्चालनमा ल्याएको बताए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले थपिएको सेवाले बाल तथा शिशु मृत्युदर घटाउन सहयोग हुने भन्दै आगामी दिनमा आवश्यकताका आधारमा थप सेवा विस्तार गर्दै जाने बताए । उनले निकट भविस्यमै डायलासिस सेवा र अत्याधुनिक टमा सेवा समेत सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रममा बालरोग विशेषज्ञ डा बिमललाल कर्ण, भारतका लागि नेपाली महाबाणिज्यदुत एक नारायण अर्याल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *