लुम्विनी अञ्चल अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा. खनाल

बायाँबाट क्रमश डा. कृष्ण खनाल डा. सर्बेश शर्मा

काठमाडौँ, ११ भदौ ।लुम्विनी अञ्चल अस्पतालको मेडिकल सुपरीटेन्डेन्टमा डा कृष्ण खनाल नियुक्त भएका छन् । गत जेठमा एघारौँ तहमा बढुवा भएका डा खनाललाई स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट मेसुमा नियुक्त गरिएको हो ।

यसअघि लुम्विनी अञ्चल अस्पतालका मेसु रहेका डा विकास देवकोटालाई स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा ल्याइएपछि सो अस्पतालको निमित्त मेसु डा राजेन्द्र सञ्जेल तोकिएका थिए ।

यस्तै मन्त्रालयले हेटौडा अस्पतालमा दुव्र्यवहार खेपेका डा सर्बेश शर्मालाई राप्ती अञ्चल अस्पताल दाङ सरुवा गरेको छ । उनलाई गत महिना अस्पतालकै कर्मचारीले कार्यकक्षमा गएर दुव्र्यवहार गरेका थिए ।

पछिल्लो समय व्यवस्थापन समिति अध्यक्षसंग कुरा नमिलेको भन्दै सरुवा मागेपछि उनलाई दाङ पठाइएको मन्त्रालय स्रोतले बतायो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *