मेडिकलमा आगलागी हुँदा अठार लाख बढीको क्षति

0
Shares

कञ्चनपुर, ५ साउन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको आयुष क्लिनिक तथा सुवास फार्मेसीमा गएराति आगलागी हुँदा रु अठार लाख ३५ हजार बराबरको धनमाल क्षति भएको छ ।

पसलभित्र राखेको औषधि, फर्निचर, टिभी, फ्रिज र प्रयोगशालाका सामग्री पूरै जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दा, प्रहरी र वारुण यन्त्रको सहायताले आगलागी नियन्त्रण गरिएको झलारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोराले बताउनुभयो । आगलागी हुनुको कारण भने खुल्न सकेको छैन ।

पसल सञ्चालक पुष्पराज पन्तले पसल बन्द रहेका बेला अज्ञात व्यक्तिले भेन्टिलेसनबाट आगो लगाएको आरोप लगाए।

बैंकबाट कर्जा लिएर सञ्चालन गरेको पसल पूरै जलेर नष्ट भएपछि बिचल्ली भएको गुनासो गर्दै उनले भने – “बैंकको कर्जा कसरी तिर्ने भन्ने समस्या उत्पन्न भएको छ ।” रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *