खाली पेटमा नखानुहोस् यी चीज

936
Shares

दुध  :  बिहान खाली पेटमा दुध पिउनाले पेटको मसल्सलाई कमजोर बनाउँछ र यसले पाचन क्रियामा असर पार्छ ।

ग्रीन टी :  अन्य खानेकुरा नखाइकन खाली पेटमा ग्रीन टी को सेवन गर्नाले पेटमा एसिडिटीको मात्रा बढाउँछ ।

दुधचिया :  बिहानको समयमा दुधचिया भन्दा कालो चियाको सेवन गर्नु फाइदाजनक हुन्छ । दुधचियामा एसिडको मात्रा बढी हुन्छ । जसले पेट दुख्नुका साथै अल्सर हुने सम्भावना हुन्छ ।

चिनी :  खाली पेटमा चिनी तथा गुलिया खानेकुरा खानाले शरीरमा ब्लडशुगरको मात्रा बढाउँछ र आँखासम्बन्धी समस्या निम्त्याउँछ ।

केरा :  केरामा म्याग्नेशियम बढी हुने भएकोले खाली पेटमा केरा खानाले शरीरमा क्याल्सियम र म्याग्नेशियमको लेवल बिग्रन्छ । जसले पाचन क्रियामा समस्या निम्त्याउँछ ।

गोलभेँडा :  खाली पेटमा गोलभेँडाको सेवन गर्नाले एसिड पेटमा घुलनशिल हुन पाउदैन र पत्थर हुने सम्भावना बढ्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *