संघीय संरचनामा ‘फिट’ हुन परिषद्ले लियो विज्ञका सुझाव

काठमाडौँ, १९ जेठ । मुलुकमा संघीयता कार्यान्वनय हुँदै गर्दा नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पनि आफ्नो संरचना र भूमिका स्पष्ट पार्न खोजेको छ । परिषदले शुक्रबार स्वास्थ्य क्षेत्रका विज्ञहरुलाई राखी संरचना र भूमिकाका बारेमा सुझाव माग गरेको छ ।

परिषदका कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाले मुलुकमा संघीयता कार्यान्वयन हुँदै गर्दा एनएचआरसीको संरचना र भूमिका कस्तो रहने भन्ने विषयमा विज्ञसंग छलफल भएको बताए ।

‘आजको बैठक खासगरी तीन चारवटा विषयमा केन्द्रीत थियो । पहिलो त संरचना कस्तो हुने ? दोस्रो थियो प्रिन्सिपल इन्भेष्टिगेटर स्वदेशी नै राख्नुपर्ने भन्ने कुरा , अर्को प्रदेश तथा स्थानीय तहमा एनएचआरसीले कसरी फेसिलेट गर्ने भन्ने कुरा र नयाँ नीति बनाउने कुरा । यहि विषयमा छलफल केन्द्रीत भयो,’ अध्यक्ष डा. झाले भने ।

कार्यक्रममा परिषदका सदस्य सहित स्वास्थ्य क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको सहभागीता थियो । उनीहरुले बदलिँदो संरचनामा एनएचआरसीले चाल्नुपर्ने कदमको बारेमा सल्लाह दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *