कच्चा पदार्थ र औषधि प्रयाप्त छ, अभाव हुँदैन : एपोन

0
Shares

काठमाडौँ, १९ जेठ । नेपाली औषधि उत्पादकहरुले आफूहरुसंग एक बर्षलाई पुग्ने औषधि र तीन महिनालाई पुग्ने कच्चा पदार्थ रहेको भन्दै औषधि अभाव नहुने दावी गरेका छन् ।

शुक्रबार विभिन्न सञ्चारमाध्यममा कच्चा पदार्थ अभावका कारण पन्ध्रदिन पछि देशैभर औषधिको अभाव हुने समाचार छापिएको थियो । सोही समाचार प्रति  खण्डन गर्दै उनीहरुले यस्तो दावी गरेका हुन् ।

नेपाल औषधि उत्पादक संघ (एपोन)ले शुक्रबार जारी विज्ञप्तीमा औषधि व्यवस्था विभागले तोकेको मापदण्ड भन्दा फरक रही बोलपत्र आवहान गरेका कारण कच्चा पदार्थ आयातमा केही ढिलाई भएपनि औषधि अभाव नहुने दावी गरेका छन् ।

सरकारलाई औषधि उपलव्ध गराउने जिम्मा लिएका नेपाली औषधि उद्योगहरुले कच्चा पदार्थ नआएको कारण देखाउदै स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्था महाशाखामा अवधी थप गर्न निवेदन दिदै आएका छन् ।

महाशाखाका निर्देशक डा भिमसिंह तिंकरीले तोकिएको समयमा औषधि ल्याउन नसकिने भन्दै निवेदन आएको र यसले औषधि अभाव हुने संकेत देखिएको बताउदै आएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *